
ताप्लेजुङको मैवाखोला गाउँपालिका ३ सॉघुमा जारी महाशिवरात्रि मेला अन्तर्गत आयोजित पालिका स्तरीय महिला फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ ।
सात टिम सहभागि रहेको प्रतियोगितामा बिहीबार सम्पन्न पहिलो क्वाटरफाइनलमा फुङलिङ नगरपालिका ताप्लेजुङले १-० मैवाखोला गाउँपालिकालाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो ।
त्यस्तै दोस्रो क्वाटरफाइनलमा म्याङलुङ नगरपालिका तेह्रथुमले आठराई त्रिवेणि गाउँपालिका ताप्लेजुङलाई १-० को झिनो अन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो । साथै सेमिफाइनलमा मेरिङदेन गाउँपालिकासंगको प्रतिस्पर्धा निश्चित गरेको छ ।
त्यसैगरी अन्तिम क्वाटरफाइनलमा फक्ताङलुङ गाउँपालिकालाई ५-१ गोल अन्तरले पराजित गर्दै मेन्छ्यायेम गाउँपालिका तेह्रथुमले सेमिफाइनलमा फुङलिङ नगरपालिका संगको भेट पक्का गरेको छ ।
प्रतियोगिताको विजेताले ८० हजार सहित ट्रफि र उपविजेताले ४० हजार सहित ट्रफि प्राप्त गरेछन । जलजले क्लब सॉघु ताप्लेजुङले फागुन १३ गते देखि आयोजना गरेको महाशिवरात्रि मेला फागुन १७ गते सकिनेछ ।
- प्रथम मिक्वाखोला राष्ट्रिय युवा संघ कपको उपाधि सिसास खोक्लिङलाई
- प्रथम मिक्वाखोला राष्ट्रिय युवा संघ कपको उपाधिका लागि सिसास खोक्लिङ र ढुंगेसाघु भिड्ने
- ताप्लेजुङ: प्रथम मिक्वाखोला राष्ट्रिय युवा संघ कपको सेमिफाइनल समिकरण पूरा
- सिसास खोक्लिङ प्रथम मिक्वाखोला राष्ट्रिय युवा संघ कपको सेमिफाइनलमा
- ताप्लेजुङको थलङमा प्रथम मिक्वाखोला राष्ट्रिय युवा संघ कप शुरू