दियोबजार । दावेदार मध्ये एकका रुपमा हेरिएको फर्साटिकर युवा क्लब, फर्साटिकर जारी १६औं कञ्चन कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको पहिलो क्वाटरफाइनलमा फर्साटिकरले चाँदनी युवा क्लब, दानापुरलाई ३–२ ले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो । फर्साटिकरको जितमा गणेश हमालले दुई गोल गर्दा निजाम अलीले थप एक गोल गरे । उता पराजित चाँदनीका लागि दुवै गोल सुरेश कुमालले गरे ।
खेलमा दुई गोल गरेका फर्साटिकरका गणेश हमाल खेलको म्यान अफ दि म्याच चुनिए । प्रतियोगिता अन्तर्गत फागुन ८ गते बिहीबारको दोस्रो क्वाटरफाइनल खेल समपुर्ण युवा क्लब, सुपौली र योङ ब्वाईज क्लब, देवदहबीच हुने खेल संयोजक संजय विश्वकर्माले जानकारी दिए ।
हिमालय सामुदायिक विकास केन्द्र, कञ्चन–४, दियोबजारको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख १ हजार हात पार्नेछ भने उपविजेताले १ लाख १ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन १४ गतेका दिन हुनेछ ।
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शाक्यद्वारा योध्दा फुटबल एकेडेमीको अवलोकन र भेटघाट
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा