काठमाडौं । न्यु स्टार पोल नवौं अर्किड कप सेभेन ए साइड अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
काँडाघारीस्थित आयोजक अर्किड प्युपल सेकेन्डरी स्कुलमा भइरहेको प्रतियोगितामा न्यु स्टारले उज्जवल तारालाई १–० गोलले पराजित गर्यो । प्रनिश बुढाथोकीले निर्णायक गोल गरे ।
बेस्ट ग्रुप भिजन, गेटवे एकेडेमी र कौस्तुभ पनि क्वाटरफाइनलमा स्थान सुरक्षित गर्न सफल रहे । बेस्ट ग्रुपले गोल्डेन बडलाई १–० गोलले हरायो । एलिश तामाङले गरेको गोलनै निर्णायक बन्यो ।
गेटवेले पिस प्वाइन्टलाई २–१ गोले पाखा लगायो । गेटवेका अनुप तामाङ र उत्सव कार्कीले गोल गरे । पिस प्वाइन्टका सन्देश मैनालीले १ गोल फर्काए । कौस्तुभले नेक्ससलाई टाइब्रेकरमा ३–२ गोलले पन्छायो । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा टुंगिएको थियो ।
प्रतियोगितालाई सिफलस्थित आशा बुक्सले आर्थिक सहयोग गर्ने भएको आयोजक अर्किडका सञ्चालक प्रेमकुमार भुजेलले जनाएका छन् ।
- पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शाक्यद्वारा योध्दा फुटबल एकेडेमीको अवलोकन र भेटघाट
- बिरगन्ज युनाइटेडको ग्रासरुट फुटबल सञ्चालन
- होलिल्याण्ड र एनएमएलाई बाँके जिल्ला स्तरीय मेयर कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- जहदा एफसी बन्यो च्याम्पियन