
काठमाडौं । युवा संघ नेपालको आयोजनामा गत वर्षदेखि शुरु गरिएको केपी ओली कप नकआउट फुटबल प्रतियोगिताको दोस्रो संस्करण आउँदो फागुन ११ देखि १९ गतेसम्म हुने भएको छ ।
आयोजकले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताबारे आधिकारिक रुपमा जानकारी गराएको हो । आयोजकका अनुसार प्रतियोगितामा सहभागिता जनाउने इच्छुक क्लबहरुका लागि टिमदर्ता पनि खुला गरिएको छ ।
साथै प्रतियोगितामा सहभागिता जनाउन भारत, भुटानसहित तेस्रो मुलुकका टोलीहरुले पनि इच्छुक देखिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो । यसपटक प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेता ५ लाखसहित ट्रफी हात पार्ने आयोजकले जानकारी दियो ।
स्मरण रहोस, प्रतियोगिताको गत संस्करणको उपाधि मच्छिन्द्र फुटबल क्लबले जितेको थियो । फाइनलमा मच्छिन्द्रले सातदोबाटो युथ क्लबलाई हराउँदै उपाधि उचाल्न सफल भएको थियो ।
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै