
नेपाली कांग्रेस लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा राजधानीमा जारी सभापति कप फुटबल प्रतियोगितामा आज पनि एउटा खेल हुने भएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुने खेलमा आयोजकको तर्फबाट लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश (बागमती) र विभागीय नेपाल पुलिस क्लब भिड्ने भएका छन् । आजको विजेताले आइतबार फ्रेन्ड्स र न्युरोड टिम एनआरटीसँग फाइनल प्रवेशका लागि मंगलबार खेल्ने छ ।
अहिलेसम्म संकटा र मच्छिन्द्र फुटबल क्लबले सेमिफाइनलमा स्थान बनाइसकेका छन् । संकटाले उद्घाटन खेलमा चर्च ब्वाइजलाई ३–० गोल अन्तरले पराजित गरेको थियो । यसैगरी दोस्रो खेलमा शुक्रबार मच्छिन्द्रले विभागीय नेपाल एपीएफलाई १–० को कठिन जीत दर्ता गर्न सफल भयो । स्टार खेलाडी विमल घर्ती मगर पनि खेलेको मच्छिन्द्रको जीतमा डिफेन्डर सनिश श्रेष्ठले अन्तिम मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।
१७ गतेसम्म चल्ने प्रतियोगिताको उपाधि विजेताले नगदै २६ लाख प्राप्त गर्दा उप विजेता टिमले पनि नगदै १३ लाख प्राप्त गर्ने छ । यसैगरी, सर्वोत्कृष्ट खेलाडीलाई ७५ हजार, उत्कृष्ट गोलकिपरलाई ५० हजार, सर्वाधिक गोलकर्तालाई ५० हजार, उदीयमान खेलाडीलाई २५ हजार प्रदान गरिने छ ।
प्रतियोगिता हेर्नका लागि साधारणतर्फ रु १ सय र भिआइपीतर्फ रु ३ सयको टिकट तोकिएको छ । खल्ती एपबाट टिकट खरिद गर्न सकिने छ भने रंगशालामै काउन्टर पनि राखिएको छ ।
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै