
तेह्रथुमको आठराई गाउँपालिका ३ ह्वाकु मौलाडॉडामा जारी पॉचौ श्रीजंग राय स्मृति खुल्ला पुरूष फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ ।
शनिबार सेमिफाइनलका दुइ खेल सन्चालन हुनेछन । पहिलो सेमिफाइनलमा योङ ब्वाइज झापा र सरस्वति मा.वि. हिवाकू भिड्नेछन । दोस्रो सेमिफाइनलमा आयोजक ए र खाम्लालुङले प्रतिस्पर्धा गर्नेछन । शुक्रबार सम्पन्न तेस्रो क्वाटरफाइनलमा क्रेजी टाइम आठराईलाई शुन्यका विरूद्ध एक गोलले पराजित गर्दै सरस्वती मा विले सेमिफाइनलमा योङ ब्वाइज झापासंगको भेट पक्का गरेको हो ।
त्यस्तै अन्तिम क्वाटरफाइनलमा लिसिबुङलाई २-० ले पराजित गर्दै खाम्लालुङ सेमिफाइनल पुगेको हो ।
इङनाम इवाहाङ युवा समाजको आयोजनामा माघ १ गते देखि शुरू भएको प्रतियोगिता ६ गते सम्म सन्चालनमा रहनेछ । १४ टिम सहभागि रहेको प्रतियोगिताको विजेताले १ लाख ५ हजार १०८ र उपविजेताले ६५ हजार १०८ रूपैया प्राप्त गर्ने खेलकुद समिति अध्यक्ष सन्जय इङनामले जानकारी दिनुभयो ।
- चुलाचुली स्पोर्टिङ झापा तेह्रथुममा जारी केलाङ मेलाको उपाधि नजिक
- तेह्रथुम जलजलेः सेमिफाइनल खेल्ने चार टोलीकै टुङगो लाग्यो
- आयोजक मुनाल र जि.सि २२ सेमिफाइनलमा
- तेह्रथुमको जलजलेमा केलाङ मेला खुल्ला पुरूष तथा महिला फुटबल प्रतियोगिता शुरू
- तेह्रथुमको जलजलेमा बैशाख २३ देखि खुल्ला पुरूष तथा महिला फुटबल प्रतियोगिता हुने