News
एन्फा महिला लिगको फाइनल राउण्ड शुरु, आर्मीको विजयी शुरुवात

काठमाडौं । बिहीबारदेखि शुरु भएको एन्फा महिला लिग राष्ट्रिय फुटबल प्रतियोगितामा उपाधिको दावेदार मध्ये एक त्रिभुवन आर्मी फुटबल क्लबले विजयी शुरुवात गरेको छ ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको उद्घाटन खेलमा आर्मीले बागमती युवा क्लबलाई शून्यका विरुद्ध २ गोलले हराउँदै विजयी शुरुवात गरेको हो ।
आर्मीको जितमा दुवै गोल बिमला चौधरीले गरीन् । बिमला नै खेलको प्लेयर अफ दि म्याच समेत घोषित भईन् । त्यसअघि प्रतियोगिताको उद्घाटन काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले गरेकी थिईन् ।
Post Comments
Related News
- युथ लिगः संकटा, मच्छिन्द्र र पुलिसको जित
- एन्फा यु-१६ युथ लिग शुरु, मनाङ र आर्मीको विजयी शुरुवात
- रोहित चन्दद्वारा बुटवल एन्फा एकेडेमीको अवलोकन र भेटघाट
- सातौं लो–छोग्याल जिग्मे मोमोरियल कपको नयाँ मिति तय
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त