
कोटिहवा । रुपन्देही जिल्लाको पुरानो र परिचित क्लब मध्ये एक लिस्नु युवा क्लब, तिलोत्तमा–१५, कोटिहवाको २५औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनले क्लबका वर्तमान अध्यक्ष तिर्थराज मल्ल कै नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । क्लबको वरिष्ठ उपाध्यक्षमा नेम बहादुर गुरुङ्ग छन् भने उपाध्यक्षमा बुद्धि प्रसाद गुरुङ्ग र कृष्ण गुरुङ्ग रहेका छन् ।
त्यस्तै सचिवमा मनोज कुमार क्षेत्री, सह–सचिवमा राम प्रसाद भण्डारी, कोषाध्यक्षमा प्रकाश पाण्डे क्षेत्री तथा सह–कोषाध्यक्षमा राजेन्द्र गुरुङ्ग चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा सर्वजित गुरुङ, रोमन गुरुङ, पदम बहादुर थापा, सुमन गुरुङ, धनपति खरेल, युवराज गुरुङ, विजय गुरुङ, कुशल भण्डारी, सुदिप कुमार चौधरी, विरेन्द्र गुरुङ, दुत प्रसाद गुरुङ, चाम गुरुङ र श्याम कुमार बिक चयन भएका छन् ।
कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष तिर्थराज मल्लले क्लबको जिम्मेवारी सबैलाई मिलाएर आपसी सहकार्यमा पूरा गर्ने बताए । क्लबले गर्दै आएको खेलकुद तथा अन्य सामाजिक तथा श्रृजनशील गतिविधीहरुलाई आउने दिनहरुमा पनि निरन्तरता दिने बताए । साथै सबैको साथ र सहयोगमा सबैलाई मिलाएर क्लबलाई थप नयाँ उचाईंमा पुर्याउन प्रयास गर्ने अध्यक्ष मल्लले बताए ।
सोही अवसरमा उपस्थित तिलोत्तमा नगरपालिका वार्ड नम्बर १५ का वार्ड अध्यक्ष तथा लिस्नु युवा क्लब कै पूर्व अध्यक्ष, युवा समाजसेवी र खेल अभियन्ता खेमराज गुरुङ (मुन्ना) लगायतले नयाँ कार्यसमितिलाई बधाईसहित सफल कार्यकालको शुभकामना दिएका थिए ।
वि.सं. २०५७ सालमा स्थानीय युवा अभियन्ताहरुको सक्रियतामा स्थापित लिस्नु युवा क्लबले स्थापनाकालदेखि नै खेलकुदसँगै सामाजिक र जनचेतनामूलक कार्यहरु पनि गर्दै आईरहेको छ । स्मरण रहोस, क्लबले वार्षिक रुपमा मोफसलको फुटबलमा परिचित लिस्नु कप राष्ट्रिय फुटबल प्रतियोगिता पनि आयोजना गर्दै आईरहेको छ ।