News
थ्रीस्टारसँग पुलिस स्तब्ध, एपिएफ र जावलाखेलको बराबरी
काठमाडौं । ललित स्मृति यु–१८ फुटबल प्रतियोगिता अन्तर्गत थ्रीस्टार फुटबल क्लबले लिगलिडर नेपाल पुलिस क्लबलाई हराउँदै अर्को विभागीय टोली एपिएफ फुटबल क्लब र जावलाखेल युथ क्लबले बराबरी खेलेका छन् ।
एन्फा कम्प्लेक्समा भएको खेलमा थ्रीस्टारले पुलिसलाई शून्यका विरुद्ध १ गोलको झिनो अन्तरले हरायो । यो जितपछि १२ खेलबाट २२ अंक जोडेको थ्रीस्टार तेस्रो स्थानमा यथावत भने पराजित पुलिस पनि २६ अंकका साथ शिर्ष स्थानमा कायम छ ।
अर्को खेलमा एपिएफ र जावलाखेलले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । यो नतिजापछि १२ खेलबाट समान १८–१८ अंक जोडेका जावलाखेल र एपिएफ लिगतालिकाको क्रमशः सातौं र आठौं स्थानमा छन् ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शाक्यद्वारा योध्दा फुटबल एकेडेमीको अवलोकन र भेटघाट
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा