News
हनामी दोस्रो इन्टर स्कुल कप हुँदै
भरतपुर । विद्यालयस्तरबाट पनि फुटबल खेलको विकास र प्रवद्र्धन गर्ने उद्देश्यका साथ भरतपुर फुटबल क्लब, चितवनको आयोजनामा हुने हनामी दोस्रो इन्टर स्कुल कप विद्यालयस्तरीय फुटबल प्रतियोगिता यही मंसिर १७ गतेदेखि शुरु हुने भएको छ ।
प्रतियोगिताको आवश्यक तयारी पनि अन्तिम चरणमा रहेको कार्यक्रम संयोजक ध्रुव भुषालले बताए । साथै प्रतियोगितामा दश कक्षासम्म अध्ययनरत युवा खेलाडीहरुले मात्र सहभागिता जनाउन पाउने पनि खेल संयोजक भुषालले बताए ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद २५ हजार हात पार्नेछ भने उपविजेताले १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
स्मरण रहोस, प्रतियोगिताको पहिलो संस्करणको उपाधि वाल्मिकी स्कुलले जितेको थियो ।
Post Comments
Related News
- तेस्रो चितवन गोल्डकप भदौ २७ देखि
- पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शाक्यद्वारा योध्दा फुटबल एकेडेमीको अवलोकन र भेटघाट
- बिरगन्ज युनाइटेडको ग्रासरुट फुटबल सञ्चालन
- होलिल्याण्ड र एनएमएलाई बाँके जिल्ला स्तरीय मेयर कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने