News
शिर्षता कै होडमा एनआरटी, खुमलटारको दोस्रो जित

काठमाडौं । ललित स्मृति यु–१८ युथ लिग फुटबल प्रतियोगिता अन्तर्गत न्युरोडटिम (एनआरटी) ले शिर्षताको होडमा आफ्नो चुनौति कायम राख्दा पुछारतिर संघर्षरत टोली एफसी खुमलटारले सिजनको दोस्रो जित हात पारेको छ ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा एनआरटीले चर्च ब्वाईज युनाइटेडलाई शून्यका विरुद्ध ३ गोलले हरायो । यो जितपछि १२ खेलबाट २५ अंक जोडेको एनआरटी लिगतालिकाको दोस्रो स्थानमा कायम छ । र एक खेल कम खेलेको लिगलिडर पुलिस भन्दा एक अंकले पछाडी छ । उता पराजित चर्च ब्वाईजको खातामा भने १४ अंक र लिगतालिकाको नवौं स्थानमा छ ।
त्यस्तै आइतबार नै भएको दोस्रो खेलमा खुमलटारले सातदोबाटो युथ क्लबलाई ५–२ को अन्तरले हरायो । यो जितपछि १२ खेलबाट ७अंक भएको छ र लिगतालिकाको ११औं स्थानमै छ । त्यस्तै पराजित सातदोबाटो भने ४ अंकका साथ पुछार मै छ ।
Post Comments
Related News
- महिला लिग छ्नौट खेल्ने क्लबहरुका लागि सामाजिक सञ्जाल र फिफा कनेक्ट कार्यशाला सम्पन्न
- जेसी ब्रदर्शलाई डि युनिटी कप यु–२० फुटबल प्रतियोगिताको उपाधि
- भरतपुर मेयर कप : दोस्रो चरणको चार खेल सम्पन्न
- एन्फा कास्कीद्वारा कास्की जिल्ला लिग विजेता लालीगुराँस एसोसिएसनलाई खेल सामाग्री सहयोग
- खेलाडी संघको पहलमा युवा खेलाडी सन्देशको निःशुल्क शल्यक्रिया सम्पन्न