News
शिर्षता कै होडमा एनआरटी, खुमलटारको दोस्रो जित
काठमाडौं । ललित स्मृति यु–१८ युथ लिग फुटबल प्रतियोगिता अन्तर्गत न्युरोडटिम (एनआरटी) ले शिर्षताको होडमा आफ्नो चुनौति कायम राख्दा पुछारतिर संघर्षरत टोली एफसी खुमलटारले सिजनको दोस्रो जित हात पारेको छ ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा एनआरटीले चर्च ब्वाईज युनाइटेडलाई शून्यका विरुद्ध ३ गोलले हरायो । यो जितपछि १२ खेलबाट २५ अंक जोडेको एनआरटी लिगतालिकाको दोस्रो स्थानमा कायम छ । र एक खेल कम खेलेको लिगलिडर पुलिस भन्दा एक अंकले पछाडी छ । उता पराजित चर्च ब्वाईजको खातामा भने १४ अंक र लिगतालिकाको नवौं स्थानमा छ ।
त्यस्तै आइतबार नै भएको दोस्रो खेलमा खुमलटारले सातदोबाटो युथ क्लबलाई ५–२ को अन्तरले हरायो । यो जितपछि १२ खेलबाट ७अंक भएको छ र लिगतालिकाको ११औं स्थानमै छ । त्यस्तै पराजित सातदोबाटो भने ४ अंकका साथ पुछार मै छ ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शाक्यद्वारा योध्दा फुटबल एकेडेमीको अवलोकन र भेटघाट
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा