News
प्रधान सेनापति ट्रफीः श्री भैरवनाथ र काली शक्ति गण फाइनलमा भिड्ने
काठमाडौं । यहाँ जारी प्रधानसेनापति ट्रफी फुटबल प्रतियोगिताको फाइनलमा श्री भैरवनाथ गण र श्री काली शक्ति ई गण उपाधिका लागि भिड्ने भएका छन् ।
राजदल खेलमैदानमा सम्पन्न पहिलो सेमीफाइनलमा श्री भैरवनाथ गणले श्री चन्दननाथ गणलाई ३–२ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ । त्यस्तै दोस्रो सेमीफाइनलमा श्री काली शक्ति ई गणले श्री गोरख बहादुर गणलाई सडन डेथ ५–४ ले पराजित गर्दै फाइनलको लागि आफ्नो स्थान पक्का गर्यो ।
प्रतियोगिता अन्तर्गत फाइनल खेल मंगलबार दिउँसो १ बजे आर्मी हेडक्वार्टरको खेलमैदानमा हुने आयोजकले जानकारी दियो । त्यस्तै तेस्रो स्थानको लागि भने श्री चन्दननाथ गण र श्री गोरख बहादुर गण बीचको खेल राजदल खेल मैदानमा हुनेछ ।
Post Comments
Related News
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न