काठमाडौं । फिनल्याण्डमा रहेका नेपाली समुदायहरु बीच आयोजना हुने सबैभन्दा ठूलो प्रतियोगिताका रुपमा रहेको स्व. मनोज अर्याल स्मृति कप सेभेन ए साईड फुटबल प्रतियोगिताको उपाधि लालीगुराँस फुटबल क्लबले जितेको छ ।
फाइनलमा आयोजक मिरमिरे स्र्पोटिङ क्लबलाई शून्यका विरुद्ध १ गोलले हराउँदै लालीगुराँस च्याम्पियन बनेको हो । लालीगुराँसलाई उपाधि जिताउन बिनय तिम्सिनाले गरेको एक मात्र गोल फाइनल खेलको निर्णायक गोल बन्यो ।
विजेता बनेको लालीगुराँसले उपाधिसहित नगद १५०० युरो हात पार्यो भने उपविजेता मिरमिरेले पनि नगद ५०० युरोसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । अल स्टार फुटबल क्लब रियुनियन प्रतियोगिताको फेयर प्ले टिम चुनियो ।
त्यस्तै अन्य विधातर्फ उत्कृष्ट गोलरक्षक लालीगुराँसका मिलन देवकोटा बन्दा उत्कृष्ट डिफेन्डर मिरमिरेका रुपेश बस्नेत चुनिए । त्यस्तै उदियमान खेलाडी अल स्टार एफसीका विप्लव भण्डारी बन्दा सर्वाधिक गोलकर्ताको पुरस्कार मिरमिरेका सुदिप पाण्डेले हात पारे ।
प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी भने विजेता लालीगुराँसका लागि फाइनलमा निर्णायक गोल गरेका बिनय तिम्सिना घोषित भए । अन्य विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि नगद पुरस्कार प्रदान गरिएको आयोजकले जानकारी दियो ।
मिरमिरे स्र्पोटिङ क्लबको आयोजनामा सम्पन्न भएको प्रतियोगितामा फिनल्याण्डका कुल १३ टोलीहरुले सहभागिता जनाएका थिए ।
- न्यु स्टार, पेट्रो, सिएफसी र युनिपार्ट सेमिफाइनलमा
- माई अरब लमजुङ दशैं कपः खुलातर्फ नखिल गोर्खा र भेट्रान्सतर्फ लमजुङ एफसी वारियर्सलाई उपाधि
- कतार दशैं कपः चार टोलीहरु क्वाटरफाइनलमा
- प्रथम मुकुम्लुङ कप २०२६: धरान सिटी पोर्चुगल बन्यो च्याम्पियन
- अष्ट्रेलियामा म्याकर्थुर नेपलिज एफसीको आयोजनामा तेस्रो एमएनएफसी एम्पायर कप हुने