News
क्यापिटल मार्केट फुटसल प्रतियोगिता शुरु
काठमाडौं । नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनले आयोजना गरेको "EUSEBON Capital Market Futsal Championship -2024" को शुक्रबार बिहान एक समारोह बिच नेपाली काँग्रेसका महामन्त्री गगन थापाले उद्घाटन गरेका छन् ।
कार्यक्रममा बोल्दै महामन्त्री थापाले धितोपत्र बोर्डले धितोपत्र बजारको उचित नियमन गर्न नसके अहिले सहकारी क्षेत्रमा देखिएको जस्तै समस्या भोलीका दिनमा पूँजी बजारमा समेत देखिन सकिने बताए । महामन्त्री थापाले धितोपत्र सम्बन्धि ऐन अहिले सदनमा संसोधनका क्रममा रहेको र ऐन संसोधनबाट समेत धितोपत्र बजारको जटिलताहरु संशोधन हुने कुरामा शंका रहेको कारण, नेपाली काँग्रेसका आफू लगायत अन्य सांसदहरुले संशोधन प्रस्ताव दर्ता गराएको समेत बताए ।
वान ट्रफी, वान मार्केट, वान फेमेली भन्ने नाराका साथ संचालन गरिएको प्रतियोगितामा, धितोपत्र बजारमा आवद्ध संस्थाका ३१ पुरुष र ९ महिला टिम सहभागी रहेको र प्रतियोगिता शनिवार समापन हुने युनियनका अध्यक्ष अजय ढुंगानाले बताए ।
Post Comments
Related News
- एसपिडब्लुजे ‘ए’ लाई प्रथम नखिपोट फोक्स महिला फुटसल कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- विजेता हिमालयनको उपाधि रकम सबै बाढीपिडितलाई सहयोग
- ज्ञानज्योति स्कुल बन्यो प्रथम ज्ञानसिन्धु फुटसल कपको च्याम्पियन
- एओएफ युनाइटेडलाई चौथो थारु ६ ए साइड फुटसल प्रतियोगिता–२०८३ को उपाधि