कुञ्जलापुर । फुलबारी गाईज, बुटवल यहाँ जारी स्व. खगी गुरुङसेनी स्मृति ३६औं झरना कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।
बुधबार भएको आठौं तथा अन्तिम प्रिक्वाटरफाइनलमा फुलबारीले भैरव स्पोर्टस क्लब, नवलपरासीलाई ३–० ले हराउँदै क्वाटरफाइनलमा आफ्नो स्थान पक्का गरेको हो ।
फुलबारीको जितमा फागुराम थारुले दुई गोल गर्दा अजित गुरुङले थप एक गोल गरे । खेलमा दुई गोल गरेका फुलबारीका फागुराम म्यान अफ द म्याच समेत चुनिए ।
प्रतियोगिता अन्तर्गत असोज १० गते बिहीबारको पहिलो क्वाटरफाइनल खेल लिस्नु युवा क्लब, कोटिहवा र न्यु सिर्जना युवा क्लब, करौजिया बीच हुने खेल संयोजक विजय पुनले जानकारी दिए ।
स्व. खगी गुरुङसेनीको स्मृतिको उनको श्रीमान तथा वरिष्ठ समाजसेवी क्याप्टेन नरजंग गुरुङले प्रायोजन गरेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख ३१ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ८१ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही असोज १७ गतेका दिन हुनेछ ।
- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- २४औं लिस्नु कपको तयारी पूरा (खेलतालिकासहित)
- रुपन्देहीको कञ्चन गाउँपालिकामा तेस्रो गौतम बुद्ध कप शुरु
- वी ब्वाईज कपः उपाधिका लागि लखन ब्रदर्श र वी ब्वाईज भिड्ने
- युरी एफसी सेमिफाइनलमा, अन्तिम क्वाटरफाइनल र दुई सेमिफाइनल मंगलबार हुने