कुञ्जलापुर । योङ स्टार युथ क्लब, मडाहा यहाँ जारी स्व. खगी गुरुङसेनी स्मृति ३६औं झरना कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
शनिबार भएको प्रिक्वाटरफाइनलतर्फ योङ स्टारले समपुर्ण युवा क्लब, सुपौलीलाई शून्यका विरुद्ध ३ गोलले हराउँदै क्वाटरफाइनल यात्रा तय गरेको हो ।
खेलमा योङ स्टारका गोलरक्षक तथा कप्तान कुशल सुनार म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत असोज ६ गते आइतबारको खेल न्यु सिर्जना युवा क्लब, करौजिया र फर्साटिकर युवा क्लब, फर्साटिकर बीच हुने खेल संयोजक विजय पुनले जानकारी दिए ।
स्व. खगी गुरुङसेनीको स्मृतिमा उनको श्रीमान तथा वरिष्ठ समाजसेवी क्याप्टेन नरजंग गुरुङले प्रायोजन गरेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख ३१ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ८१ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही असोज १७ गतेका दिन हुनेछ ।
- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- २४औं लिस्नु कपको तयारी पूरा (खेलतालिकासहित)
- रुपन्देहीको कञ्चन गाउँपालिकामा तेस्रो गौतम बुद्ध कप शुरु
- वी ब्वाईज कपः उपाधिका लागि लखन ब्रदर्श र वी ब्वाईज भिड्ने
- युरी एफसी सेमिफाइनलमा, अन्तिम क्वाटरफाइनल र दुई सेमिफाइनल मंगलबार हुने