News
हरिवन र निजगढ भेट्रान्सलाई सफलता

हेटौंडा । यहाँ जारी तेस्रो रोटरी मकवानपुर पिप्ले क्याम्पा राष्ट्रिय भेट्रान्स प्रतियोगिता–२०८१ अन्तर्गत पहिलो खेलमा सर्लाहीको हरिवन भेट्रान्सले हेटौंडा भेट्रान्सविरुद्ध ४–० गोलको सहज जित निकालेको छ । हरिवनको लागि म्यान अफ दी म्याच बन्न सफल चन्द्र बहादुर स्याङ्तानले व्यक्तिगत २ गोल गरे भने छत्र बहादुर कार्की र लाल बहादुर लामाले १/१ गोल गरेका थिए ।
दोस्रो खेलमा निजगढ भेट्रान्ससँग आयोजक रोटरी पिप्ले भेट्रान्स पराजित भएको छ । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि निजगढले टाईब्रेकरमा आयोजक टोलीलाई ३–१ को पराजित गर्न सफल भयो । खेलको म्यान अफ दी म्याच निजगढका गोलरक्षक विकास लामा घोषित भए ।
Post Comments