काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले दुई बर्ष अघि एन्फा डे को अवसरमा घोषणा गरेको विभिन्न विधागततर्फका पुरस्कारहरु शुक्रबार एन्फा कम्प्लेक्समा एक कार्यक्रमका बीच हस्तान्तरण गरेको छ ।
जसअन्तरगत पुरुषतर्फ राष्ट्रिय फुटबल टोलीका सदस्य अभिषेक रिजाल तथा महिलातर्फ मन्जली योञ्जन उदियमान खेलाडी २०७५ घोषित भएका छन् । दुवैले क्रमशः यामाहा कम्पनीको मोटरसाइकल र स्कुटर हात पारे ।
त्यस्तै उत्कृष्ट पुरुष रेफ्रीको पुरस्कार लव खत्रीले हात पारे भने महिलातर्फ सो पुरस्कार अस्मिता मानन्धरले हात पारिन् । खत्रीले एक थान मोटरसाइकल हात पारे भने मानन्धरले स्कुटर हात पारिन् ।
त्यस्तै हरि खड्काले उत्कृष्ट प्रशिक्षकको पुरस्कार हात पार्दा भगिरथ आलेले लाईफटाईम एचिभमेण्ट अवार्ड हात पारे ।

कार्यक्रममा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा सहित वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ, उपाध्यक्षद्वय उपेन्द्रमान सिंह, शिक्षित पराजुली तथा यामाहा मोटर्सका प्रमुख कार्यकारी चिरिञ्जवी शाहको पनि उपस्थिति रहेको थियो ।
त्यसैगरी सोही अवसरमा बुधबार मात्र हृदयघातका कारण ६० बर्षको उमेरमा निधन भएको अर्जेन्टिनी हस्ती फुटबलर डिएगो म्याराडोनाको स्मृतिमा मौनधारण समेत गरिएको थियो ।
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न