News
ताप्लेजुङ गोल्डकपको पहिलो दिन टिकट बिक्रीबाट दुई लाख बढी संकलन
फुङलिङ । लाखेजात्रा सञ्चालन समिति, ताप्लेजुङको आयोजनामा सोमबारदेखि शुरु भएको दोस्रो गोल्डकपको पहिलो टिकट बिक्रीबाट २ लाख २० हजार रकम संकलन भएको आयोजकले जनाएको छ ।
घरेलु टोली संघर्ष स्र्पोटिङ क्लब र कञ्चनजंघा फुटबल क्लब बीच भएको उद्घाटन खेलमा टिकट बिक्रीबाट उक्त रकम संकलन भएको आयोजकले जनाएको हो । आयोजकका अनुसार उद्घाटन खेलमा १०० रुपैयाँ दरको टिकट २,२०० बिक्री भएको थियो ।
प्रतियोगिता अन्तर्गत भदौ ४ गते मंगलबार पाँचथर फुटबल क्लब, पाँचथर र सलहेश युवा क्लब, सिरहा भिड्ने कार्यक्रम छ । भदौ १० गतेसम्म प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछ ।
Post Comments
Related News
- ताप्लेजुङको सॉवामा दोस्रो अलैँची कप मंसिर २ देखि, विजेताले ३ लाख २ हजार रुपैयाँको अलैँची पाउने
- सिरिजङगा गोल्डकप तथा सिरिजङगा मेला–२०८३ मंसिर २३ देखि २९ गतेसम्म हुने
- ताप्लेजुङ गोल्डकपमा ५२ लाख ९६ हजार बढीको टिकट बिक्री
- ताप्लेजुङ गाेल्डकपमा टिकट बिक्रीबाट सवा ३८ लाख संकलन
- सल्हेश सिरहालाई दोस्रोपटक ताप्लेजुङ गोल्डकपको उपाधि