काठमाडौं । एन्फा युथ लिग यु–१८ फुटबल प्रतियोगिता अन्तर्गत मनाङ मस्र्याङ्दी क्लबले शिर्ष स्थानमा उक्लिन सफल भएको छ भने थ्रीस्टार क्लबले सिजनको दोस्रो जित हात पारेको छ ।
एन्फा कम्प्लेक्समा भएको खेलमा मनाङले एपिएफ फुटबल क्लबमाथि २–१ को जित निकाल्यो । यो नतिजापछि ६ खेलबाट १५ अंक जोडेको मनाङ शिर्ष स्थानमा उक्लेको छ । र दोस्रो स्थानको टोली पुलिस भन्दा २ अंकले अगाडी छ । यद्यपि पुलिसले एक खेल कम खेलेको छ । उता पराजित एपिएफको खातामा भने ७ अंक छ र लिगतालिकाको मध्यतिर छ ।
बिहीबार नै भएको अर्को खेलमा थ्रीस्टार क्लबले जावलाखेल युथ क्लबलाई शून्यका विरुद्ध २ गोलले हराउँदै महत्वपूर्ण जित र तीन अंक हात पार्यो । यो जितपछि थ्रीस्टारको ६ खेलबाट ७ अंक भएको छ र लिगतालिकाको मध्यतिर उक्लिएको छ । पराजित जावलाखेलको भने ५ अंक छ ।
डबल राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगितामा कुल १२ टोलीहरु सहभागि छन् । लिगको शिर्ष स्थान हासिल गर्ने टोली विजेता बन्नेछ । विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने दोस्रो स्थान हासिल गर्ने टोलीले ५० हजार प्राप्त गर्नेछ ।
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- भरतले उद्धार मैदानमै लगाए मेजरको फुली
- एनएसजेएफ पल्सर स्पोर्टस अवार्डतर्फ ‘पिपुल्स च्वाईस अवार्ड’ को मनोनयनमा फुटबलकी पूजा
- निलम्बनमा रहेको एन्फाले फिफा कै प्रतियोगिता खेल्न खेलाडी छनौट गर्दै
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”