काठमाडौं । भारतमा जारी प्रतिष्ठित १३३औं डुरान्ड कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगितामा नेपाली खेलाडीहरु सम्मिलित इण्डियन आर्मीले विजयी शुरुवात गरेको छ ।
बुधबार समूह डी तर्फको आफ्नो पहिलो खेलमा इण्डिन आर्मीले इण्डियन सुपर लिग क्लब चेन्नईन एफसीमाथि शून्यका विरुद्ध १ गोलको जित हात पार्दै विजयी शुरुवात गरेको हो ।
जमशेदपुरमा भएको खेलमा इण्डियन आर्मीका लागि लिटन शिलले गरेको एक मात्र गोल निर्णायक गोल बन्यो । भारतीय सेनामा कार्यरत नेपालका अनुभवी गोलरक्षक भविन्द्र मल्लको कप्तानीमा उत्रिएको इण्डिन आर्मीको टिममा नेपाल कै पूर्व युथ तथा ए डिभिजन खेलाडी एलन थापा, बिकास थापा लगायतले पनि खेलेका थिए ।
त्यस्तै इण्डियन आर्मी कै समूहमा रहेको अर्को खेलमा जमशेदपुर एफसीले आसाम राइफल्सलाई २–० ले हरायो । इण्डियन आर्मीले आफ्नो आगामी खेल ७ अगस्तका दिन आसाम राइफल्ससँग खेल्नेछ । उता चेन्नईनले ४ अगस्तका दिन जमशेदपुरको सामना गर्नेछ ।
प्रतियोगितामा नेपालबाट त्रिभुवन आर्मी फुटबल क्लबले पनि सहभागिता जनाएको छ । समूह एफमा रहेको आर्मीले २ अगस्तका दिन घरेलु टोली शिलोङ लाजोङसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ ।
- न्यु स्टार, पेट्रो, सिएफसी र युनिपार्ट सेमिफाइनलमा
- माई अरब लमजुङ दशैं कपः खुलातर्फ नखिल गोर्खा र भेट्रान्सतर्फ लमजुङ एफसी वारियर्सलाई उपाधि
- कतार दशैं कपः चार टोलीहरु क्वाटरफाइनलमा
- प्रथम मुकुम्लुङ कप २०२६: धरान सिटी पोर्चुगल बन्यो च्याम्पियन
- अष्ट्रेलियामा म्याकर्थुर नेपलिज एफसीको आयोजनामा तेस्रो एमएनएफसी एम्पायर कप हुने