निजगढ । बारा जिल्लाको फुटबलमा आफ्नो फरक पहिचान बनाउन सफल निजगढ फुटबल क्लबलाई स्थानीय केरा एग्रिकल्चर फार्मका संचालक तथा निजगढका एक सफल कृषक हिरा सारु मगरद्वारा खेलकुद सामाग्रीहरु सहयोग गरिएको छ ।
शहिद हिरालाल रंगशालामा एक कार्यक्रमका बीच हिरा सारु मगरले खेलकुदको माध्यमबाट निजगढ मात्र नभई समग्र जिल्ला कै पहिचान बनाउन प्रयासरत रहेको निजगढ फूटबल क्लबलाई प्रोत्साहन स्वरुप ४० थान जर्सी र ४ थान फुटबल सहयोग गरेका हुन् । सो अवसरमा उनले आफू पनि फुटबलप्रमी रहेको चर्चा गर्दै निजगढ एफसीले जिल्लामा स्थानीय खेलाडीहरु उत्पादन गर्न सहयोग गरिरहेको भन्दै क्लबलाई यस्ता हौसला र प्रोत्साहन सबैले गर्नुपर्नेमा जोड समेत दिए ।
वैदेशिक रोजगारबाट फर्की नेपालमा उद्यम गरेका उद्यमीहरुको लागि नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रदान गर्ने आ.व. २०८०।०८१ को उद्यमी राष्ट्रिय पुरस्कारद्वारा पुरस्कृत तथा सम्मानित निजगढका कृषक हिराले खेलाडीको बिकासमा सधै सहयोग गर्ने बताए ।
सो अवसरमा निजगढ फुटबल क्लबका अध्यक्ष शम्भु थापा, निर्दीप जोशी, नरेश श्रेष्ठ, धनबहादुर तमाङ्ग, प्रक्षिक्षक सन्तोष गुरुङ, समाजसेवी बिष्णु खड्का, जनप्रतिनिधी स्वर्ण लामा लगायतको उपस्थिति रहेको थियो ।
- नव जन जागृति युवा क्लब तेस्रो करैयामाई गोल्डकपको पहिलो फाइनलिस्ट
- हेटौँडा फुटबल एकेडेमी, मकवानपुर तेस्रो करैयामाई गोल्डकपको सेमिफाइनलमा
- नव जन जाग्रिती युवा क्लब तेस्रो करैयामाई गोल्डकपको सेमिफाइनलमा ,
- बकुलिया क्लब तेस्रो करैयामाई गोल्डकप फुटबल प्रातियोगिताको सेमिफाइनलमा
- उद्घाटनै खेलमै एपएफ बर्दिबाश, महोत्तरिको सानदार जित,