काठमाडौं । एन्फा युथ लिग यु–१८ फुटबल प्रतियोगिता अन्तर्गत बुधबार एनआरटीले जित हात पार्दा थ्रीस्टार क्लब बराबरीमा रोकिएको छ ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एनआरटीले विभागीय टोली एपिएफ फुटबल क्लबलाई शून्यका विरुद्ध १ गोलले हरायो । एनआरटीका लागि सन्तोष गोङ्बाले एक मात्र निर्णायक गोल गरे ।
यो जितपछि ४ खेलबाट ९ अंक जोडेको एनआरटीले शिर्ष स्थानका मनाङ मस्र्याङ्दी क्लबसँग अंक बराबरी गरेको छ । पराजित एपिएफको भने ७ अंक छ र शिर्ष चारमा रहेको छ ।
त्यस्तै बुधबार नै भएको अर्को खेलमा थ्रीस्टार क्लब र संकटा क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् । थ्रीस्टारका लागि चित्र नेपालीले गोल गरे भने संकटाका लागि समिर नेपालीले गोल गरेका थिए ।
यो नतिजापछि थ्रीस्टारको ४ खेलबाट ४ अंक भएको छ भने संकथाको समान चार खेलबाट २ अंक जोड्दै शिर्ष दशभित्र उक्लिएको छ ।
डबल राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगितामा कुल १२ टोलीहरु सहभागि छन् । लिगको शिर्ष स्थान हासिल गर्ने टोली विजेता बन्नेछ । विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने दोस्रो स्थान हासिल गर्ने टोलीले ५० हजार प्राप्त गर्नेछ ।
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- भरतले उद्धार मैदानमै लगाए मेजरको फुली
- एनएसजेएफ पल्सर स्पोर्टस अवार्डतर्फ ‘पिपुल्स च्वाईस अवार्ड’ को मनोनयनमा फुटबलकी पूजा
- निलम्बनमा रहेको एन्फाले फिफा कै प्रतियोगिता खेल्न खेलाडी छनौट गर्दै
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”