काठमाडौं । हिमालय बाल्टीमोर युनाइटेड एफसी, बाल्टिमोर, मेरिल्याण्ड अमेरिकाको आयोजनामा आउँदो अगस्त ३ र ४ तारीखका दिन अमेरिकामा रहेका नेपाली समुदायहरुबीच दोस्रो हिमालय कप तथा सकर मेला हुने भएको छ । प्रतियोगितामा ३५ वर्ष माथिका भेट्रान खेलाडीहरुले सहभागिता जनाउने आयोजकले जानकारी दियो ।
हनीगो रिजनल पार्कमा हुने प्रतियोगितामा कुल ११ टोलीहरुले सहभागिता जनाउने छन् । प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३५०० अमेरिकी डलर हात पार्नेछ भने उपविजेताले २००० अमेरिकी डलरसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
त्यसबाहेक सोही अवसरमा युथ सकर मेला पनि आयोजना गरिने भएको छ । ४ अगस्त्का दिन हुने युथ सकर मेलामा ८ देखि १४ वर्ष उमेर समूहका बाल खेलाडीहरुले सहभागिता जनाउने पनि आयोजकले जनाएको छ ।
- न्यु स्टार, पेट्रो, सिएफसी र युनिपार्ट सेमिफाइनलमा
- माई अरब लमजुङ दशैं कपः खुलातर्फ नखिल गोर्खा र भेट्रान्सतर्फ लमजुङ एफसी वारियर्सलाई उपाधि
- कतार दशैं कपः चार टोलीहरु क्वाटरफाइनलमा
- प्रथम मुकुम्लुङ कप २०२६: धरान सिटी पोर्चुगल बन्यो च्याम्पियन
- अष्ट्रेलियामा म्याकर्थुर नेपलिज एफसीको आयोजनामा तेस्रो एमएनएफसी एम्पायर कप हुने