
काठमाडौं । एन्फा युथ लिग अन्तर्गत शुक्रबार भएको दोस्रो चरणको अन्तिम दुई खेलहरुमा मनाङ मस्र्याङ्दी क्लबले लगातार दोस्रो जित हात पार्दा मच्छिन्द्र फुटबल क्लब भने बराबरीमा रोकिएको छ ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा मनाङले त्रिभुवन आर्मी फुटबल क्लबलाई १–० को झिनो अन्तरले हरायो । मनाङका लागि समन हटुवालले एक मात्र निर्णायक गोल गर्दै टोलीलाई महत्वपूर्ण तीन अंक दिलाए ।
त्यस्तै शुक्रबार नै भएको अर्को खेलमा मच्छिन्द्रले जावलाखेल युथ क्लबसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँड्न बाध्य बन्यो । मच्छिन्द्रका लागि अनिल थिङ र कबिर तामाङले गोल गरे । उता जावलाखेलका लागि भने विवश दर्लामी र अनिष चौधरीले गोल गरेका थिए ।
डबल राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगितामा कुल १२ टोलीहरु सहभागि छन् । लिगको शिर्ष स्थान हासिल गर्ने टोली विजेता बन्नेछ । विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने दोस्रो स्थान हासिल गर्ने टोलीले ५० हजार प्राप्त गर्नेछ ।
- एन्फा यु-१६ युथ लिग शुरु, मनाङ र आर्मीको विजयी शुरुवात
- रोहित चन्दद्वारा बुटवल एन्फा एकेडेमीको अवलोकन र भेटघाट
- सातौं लो–छोग्याल जिग्मे मोमोरियल कपको नयाँ मिति तय
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- नेपाली राष्ट्रिय यु–२३ फुटबल टोलीको मुख्य प्रशिक्षकमा न्यौपाने