काठमाडौं । चालीस बर्ष माथि उमेर समूहका खेलाडीहरु बीच भाईचारा र स्वस्थ्य मनोरञ्जनका लागि प्रथम मेनटेन भेट्रान फुटसल प्रतियोगिता हुने भएको छ ।
खेल आयोजना हुने मिति छिटै घोषणा गरिने प्रतियोगिताको टिमदर्ता भने खुला गरिएको छ । चुच्चेपाटी स्थित भाटभटेनी फुटसलमा हुने प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक क्लबहरुका लागि ७००० हजार टिमदर्ता शुल्क तोकिएको छ ।
आयोजकका अनुसार प्रतियोगिता अवधिभर ४० वर्ष उमेरका तीन, ४५ वर्ष उमेरका तीन र ५० वर्ष उमेरका १ खेलाडी अनिवार्य मैदानमा उत्रिने पर्नेछ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७० हजार हात पार्नेछ भने उपविजेताले ३५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
विस्तृत जानकारीका लागि 9840633177, 9849991657 मा सम्पर्क गर्न सकिने पनि आयोजकले जनाएको छ ।
- एसपिडब्लुजे ‘ए’ लाई प्रथम नखिपोट फोक्स महिला फुटसल कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- विजेता हिमालयनको उपाधि रकम सबै बाढीपिडितलाई सहयोग
- ज्ञानज्योति स्कुल बन्यो प्रथम ज्ञानसिन्धु फुटसल कपको च्याम्पियन
- एओएफ युनाइटेडलाई चौथो थारु ६ ए साइड फुटसल प्रतियोगिता–२०८३ को उपाधि