News
समाज कल्याणको उत्कृष्ट जित
काठमाडौं । शहिद स्मारक सी डिभिजन लिगतर्फ मंगलबार समाज कल्याण खेलकुद केन्द्रले उत्कृष्ट जित हात पारेको छ । एन्फा कम्प्लेक्समा भएको खेलमा समाज कल्याणले सानेपा क्लबमाथि ४–० को उत्कृष्ट जित हात पारेको हो ।
समाज कल्याणका लागि सन्तोष श्रेष्ठ, सन्दिप सेन्चुरी, निरज परियार र मिलन स्याङ्तनले गोल गरे । यो जितपछि ९ खेलबाट १६ अंक जोडेको समाज कल्याण लिगतालिकाको चौथो स्थानमा उक्लेको छ । पराजित सानेपा भने ११ अंकका साथ नवौं स्थानमा छ ।
मंगलबार नै भएको अर्को खेलमा सामाजिक युथ क्लब र खालीबारी युथ क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडे । यो नतिजापछि ९ खेलबाट १२ अंक जोडेको सामाजिक लिगतालिकाको सातौं स्थानमा छ । उता खालीबार भने १० अंकका साथ दशौं स्थानमा छ ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)