News
वडा अध्यक्ष कप जेठ १० गतेदेखि
काठमाडौ । काठमाडौं महानगरपालिका वडा नम्बर ७ कार्यसमितिको आयोजनामा तेश्रो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगिता जेठ १० गतेदेखि हुने भएको छ ।
प्रतियोगितामा १६ पुरुष टिमले नकआउट आधारमा प्रतिस्पर्धा गर्ने आयोजक वडा नम्बर ७ का अध्यक्ष विमलकुमार होडाले जानकारी दिए ।
४० वर्षमाथि उमेरसमूहको सिक्स ए साइडको प्रतियोगिताका विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । त्यस्तै उत्कृष्ट डिफेन्डर, गोलरक्षक, स्ट्राइकर र मिडफिल्डरलाई जनही ५ हजार नगद पुरस्कार पाउने छन् ।
चारुमति युवा परिवार र चावहिल स्पोर्ट्स क्लबको प्राविधिक सहयोगमा हुने प्रतियोगिता सञ्चालन गर्न करिब ४ लाख ९० हजार रुपैयाँ खर्च हुने प्रतियोगिता संयोजक अजब श्रेष्ठले जानकारी गराए । छ दिने प्रतियोगिताका खेलहरु चावहिल फुटबल मैदानमा हुनेछ ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै