News प्रथम पानबारी गोल्डकपमा केराबारीको विजयी शुरुवात
गोलनेपाल

धरान । शनिबारदेखि शुरु भएको प्रथम पानबारी गोल्डकप खुला नकआउट फुटबल प्रतियोगितामा केराबारी फुटबल क्लब, मोरङले विजयी शुरुवात गरेको छ ।

उद्घाटन खेलमा केराबारीले बुल्स–११, इटहरीलाई टाईब्रेकरमा हराउँदै विजयी शुरुवात गरेको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । टाईब्रेकरमा भने केराबारी ५–४ ले विजयी बन्यो ।

खेलमा केराबारीका गोलरक्षक आयुष योङहाङ म्यान अफ द म्याच घोषित भए । यो जितसँगै केराबारी सेमिफाइनलमा समेत प्रवेश गरेको छ ।

प्रतियोगिता अन्तर्गत बैशाख २३ गते आइतबारको दोस्रो क्वाटरफाइनल खेल योङ ब्वाईज एफसी, तरहरा र सि.डि.आई.सी., धनकुटा बीच हुने आयोजकले जानकारी दियो ।

पानबारी फुटबल क्लब, धरान, सुनसरीको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल बैशाख २९ गतेका दिन हुनेछ ।

Post Comments