News
दोस्रो सेभेन ए साईड डोलकप हुँदै
ललितपुर । युवा तथा खेलकुद विकास समिति, धापाखेल, ललितपुर–२४ को आयोजनामा आउँदो बैशाख १ गतेदेखि दोस्रो सेभेन ए साईड डोलकप वडा व्यापी फुटबल प्रतियोगिता हुने भएको छ ।
ललितपुर–२४ स्थित स्थानीय खेलमैदानमा हुने प्रतियोगितामा सहभागिताका लागि यही चैत २७ गतेसम्म टिमदर्ता खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ७५०० तोकिएको पनि आयोजकले जानकारी दियो ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७७,७७७ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ३३,३३३ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
Post Comments
Related News
- रातो मछिन्द्रनाथ कप अन्तर्गत मंगलबार लिग चरणका कुल १२ खेल सम्पन्न
- ललितपुर जिल्लाको बुंगमतीमा अवस्थित सुनाकोठी मैदानमा रातो मछिन्द्रनाथ कप सोमबारबाट सुरु
- एसपिडब्लुजे ‘ए’ लाई प्रथम नखिपोट फोक्स महिला फुटसल कपको उपाधि
- दोस्रो रातो मच्छिन्द्रनाथ कप भदौ २९ देखि
- बसन्त गौचन फुटबल एकेडेमीको 'तीन दिने फुटबल प्रशिक्षण क्याम्प' सुरु