News साविक विजेता फ्रीडम फाइटरको गोलको वर्षा
गोलनेपाल

भरतपुर, ०९ फागुन । स्व दीलिप राणा स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेट्रान कपमा आज (बुधबार) चार खेल सम्पन्न भएको छ । प्रतियोगिता अन्तर्गत आजको पहिलो खेलमा चाबेल भेट्रानले बुढानिलकण्ठविरुद्ध ३-० सहज जित हात पार्यो । चाबेलको जितमा उज्ज्वल श्रेष्ठ, शशी गौतम र बिमोर गुरुङले गोल गरे । चाबेलका शशी म्यान अफ दि म्याच भए ।

आजको दोसो खेलमा साविक विजेता फ्रीडम फाइटरले वौद्ध भेट्रानविरुद्ध फराकिलो जित निकाल्यो । गोलको वर्षा भएको खेलमा फ्रीडम फाइटर ७-० ले विजयी भयो ।

फ्रीडम फाइटरका लागि राजु तामाङले दुई तथा बिकर्ण श्रेष्ठ, राजकुमार घिसिङ, कन्यासुब्बा गुरुङ, हरि खड्का र विजय गुरुङले एक-एक गोल गरे । दुई गोल गरेका राजु म्यान अफ दि म्याच भए ।

तेस्रो खेलमा थापागाउँ सुधार समिति विजयी भयो । रोमाञ्चक खेलमा थापागाउँले टाइब्रेकरमा बगरभाई खलक पोखरालाई २-० ले विजयी भयो । जसमा थापागाउँका गोलरक्षक दीलिप कुमार क्षेत्री नायक भए । उनले बगरभाईका लगातर दुई पेनाल्टी बचाए ।

त्यसअघि निर्धारित समयको खेलमा अग्रता भने बगरभाईले लिएको थियो । खेलको पहिलो हाफमा धर्मराज पराजुलीको गोलमा बगरभाईले अग्रता लिएको थियो । तर दोस्रो हाफमा कृष्ण शाक्यको उत्कृष्ट गोलको मद्तमा थापागाउँले बराबरी गर्यो । थापागाउँका दीलिप म्यान अफ दि म्याच भए ।

चौथो तथा अन्तिम खेलमा ठमेल ११ भेट्रानले गोर्खा ब्रीगेज भेट्रान भारतविरुद्ध सहज जित निकाल्न सफल भयो । खेलमा ठमेल ११ ले ४-१ को जित निकालेको हो । उसको जितमा सन्तोष बस्नेतले दुई तथा निलेन्द्र देवन र प्रविणराज ओझाले गोल गरे । भारतका कुल्बिर सिंहले एक गोल फर्काए । ठमेल ११ का सन्तोष म्यान अफ दि म्याच भए ।

 

Post Comments