News नेपाल पुलिस स्कुल साँगालाई उपाधि
गोलनेपाल

काठमाडौं । नेपाल एपीएफ स्कुल कीर्तिपुरको १९औं स्थापना दिवसको अवसरमा आयोजित प्रथम सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग ट्रफी अन्तर विद्यालय फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिस स्कुल साँगाले जितेको छ ।

फाइनल भिडन्तमा पुलिस स्कुलले आयोजक एपिएफ स्कुल किर्तिपुर (ए) लाई पेनाल्टी शुटआउटमा ६–५ ले हराउँदै उपाधि जित्न सफल भएको हो । त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

विजेता बनेको पुलिस स्कुलले उपाधिसहित नगद ३० हजार हात पार्यो भने उपविजेता एपिएफ स्कुलले नगद २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

विधागततर्फ नेपाल पुलीस स्कुल साँगाका दिप्सन परियार फाइनल खेलको म्यान अफ द म्याच चुनिए । दिप्सनले उत्कृष्ट गोलरक्षकको पुरस्कार पनि हात पारे । प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी नेपाल एपीएफ स्कुल कीर्तिपुरका टेन्जिङ्ग शेर्पा घोषित भए भने सर्वाधिक गोलकर्ता सैनिक आवासीय महाविद्यालयका डिग विजय शाही बने । त्यस्तै सैनिक आवासीय महाविद्यालय सल्लाघारी अनुशासित टिम बन्यो ।

विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल लगायतले पुरस्कृत गरेका थिए ।

Post Comments