चरङ्गे । शान्ति टोल युवा परिवार, देवदह–१०, चरङ्गेको आयोजनामा शुरु तेस्रो वडा अध्यक्ष कप खुला सेभेन ए साईड नकआउट फुटबल प्रतियोगितामा आयोजक चरङ्गे फुटबल क्लब (सी) ले विजयी शुरुवात गरेको छ ।
देवदह–१० स्थित चरङ्गे खेलमैदानमा भएको उद्घाटन खेलमा चरङ्गे (सी) ले बुद्ध फुटबल क्लबलाई टाईब्रेकरमा २–१ ले हरायो । त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलमा चरङ्गे (सी) का गोलरक्षक सुरेश राना मगर म्यान अफ द म्याच घोषित भए ।
त्यस्तै प्रतियोगिताको उद्घाटन एक कार्यक्रमका बीच प्रमुख अतिथी देवदह–१० का वडा अध्यक्ष यक बहादुर सुनारले गरेका थिए । सो अवसरमा देवदह १० की वडा सदस्य रेनुका आले मगर, आयोजक क्लबका अध्यक्ष मोहन थापा, उपाध्यक्ष अनुप गुरुङ्ग लगायतको उपस्थिति रहेको थियो ।
आउँदो फागुन ११ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५५ हजार हात पार्नेछ भने उपविजेताले ३० हजार प्राप्त गर्नेछ । प्रतियोगितामा कुल २२ टोलीहरुले सहभागिता जनाएको आयोजक क्लबका अध्यक्ष मोहन थापाले जानकारी दिए ।
- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- २४औं लिस्नु कपको तयारी पूरा (खेलतालिकासहित)
- रुपन्देहीको कञ्चन गाउँपालिकामा तेस्रो गौतम बुद्ध कप शुरु
- वी ब्वाईज कपः उपाधिका लागि लखन ब्रदर्श र वी ब्वाईज भिड्ने
- युरी एफसी सेमिफाइनलमा, अन्तिम क्वाटरफाइनल र दुई सेमिफाइनल मंगलबार हुने