News
तेस्रो वडा अध्यक्ष कप फागुन पहिलो सातादेखि
देवदह । खेलकुदको विकास र प्रवद्र्धन गर्ने उद्देश्यका साथ शान्तिटोल युवा परिवार, देवदह–१०, चरङ्गेको आयोजनामा आउँदो फागुन १ गतेदेखि तेस्रो वडा अध्यक्ष कप खुला सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
देवदह–१०, चरङ्गे स्थित चरङ्गृ खेलमैदानमा हुने प्रतियोगिताको यही माघ २९ गतेसम्म टिमदर्ता खुला गरिएको छ । टिमदर्ता शुल्क भने ४५०० तोकिएको छ । प्रतियोगिताबारे विस्तृत जानकारीका लागि इच्छुक क्लबहरुले मोबाइल नम्बर ९८१७५६४८९६, ९८२१४९३४०९ मा सम्पर्क गर्न सक्नेछन् ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५५ हजार हात पार्नेछ भने उपविजेताले ३० हजार प्राप्त गर्ने खेल संयोजक मोहन थापा मगरले जानकारी दिए । त्यस्तै विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको संयोजक थापा मगरले बताए ।
विस्तृत पत्रमा पनि पढ्नुहोस्ः

Post Comments
Related News
- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- २४औं लिस्नु कपको तयारी पूरा (खेलतालिकासहित)
- रुपन्देहीको कञ्चन गाउँपालिकामा तेस्रो गौतम बुद्ध कप शुरु
- वी ब्वाईज कपः उपाधिका लागि लखन ब्रदर्श र वी ब्वाईज भिड्ने
- युरी एफसी सेमिफाइनलमा, अन्तिम क्वाटरफाइनल र दुई सेमिफाइनल मंगलबार हुने