काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले देशव्यापी रुपमा गरेको छनौट कार्यक्रमबाट राष्ट्रिय यु–१९ महिला फुटबल टोली तयार पार्न बन्द प्रशिक्षणका लागि ३५ खेलाडीहरु छनौटमा परेका छन् ।
दोस्रो चरणको छनौट कार्यक्रमबाट बन्द प्रशिक्षणमा छनौट भएका खेलाडीहरुलाई एन्फाले आवश्यक कागजातसहित पुस २२ गते आइतबार दश बजे एन्फा कम्प्लेक्समा सम्पर्क गर्न जानकारी समेत गराएको छ ।
बन्द प्रशिक्षणमा परेका खेलाडीहरु मध्येबाट आउँदो फेब्रुअरी २ देखि ८ तारीखसम्म बंगलादेशमा हुन गईरहेको साफ यु–१९ महिला च्याम्पियनसिपका लागि नेपालको राष्ट्रिय यु–१९ महिला फुटबल तयार पारिने पनि एन्फाले जनाएको छ ।
बन्द प्रशिक्षणमा परेका ३५ खेलाडीहरुः
गोलकिपर्सः लिला जोशी, करुणा बुढाथोकी, सुजाता तामाङ, राधिका ओली
डिफेन्डर्सः दिव्या यसमाली मगर, सीता रोकाया, अस्मिता भुल, रेनु लिम्बु, गंगा रोकाया, सानुमाया वाइबा, प्राशना भुजेल, रोजिता बिष्ट, सिमरन राई, सरिता कुमारी नाथ, माया मास्के, दिपा मगर, रुपा लिम्बु
मिडफिल्डर्सः भु कुमारी खड्का, झुमा विश्वकर्मा, बिर्सना चौधरी, सुशिलाा केसी, सबिता मण्डल, काजल स्याङ्तन, भावना परियार, सारा बज्राचार्य, पुनम चेम्जोङ
फरवार्डसः सेनु परियार, समिक्षा मगर, सजिना स्याङ्तन, लिला चन्द ठकुरी, सुक्रिया मिया, बर्षा ओली, साधना थापा, पुर्णिमा राई, मिना देउवा
- सातदोबाटो एफसीलाई पहिलो महिला इम्पाएर कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने