काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लबको आयोजना तथा अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा चार दिने कम्युनिटी कोर्ष सम्पन्न भएको छ ।
लगनखेल स्थित आर्मी टे«ेनिङ सेन्टरमा भएको चार दिने कोर्षमा कुल ३० प्रशिक्षार्थीहरुले सहभागिता जनाएका थिए । समापन कार्यक्रममा आर्मी क्लबका महासचिव समेत रहेका पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक सेनाका मेजर बिकास मल्लले सबैलाई बधाई र शुभकामना दिए ।
मेजर मल्लले कम्युनिटी कोर्ष सफलताका साथ सम्पन्न गर्न सहयोग पुर्याएकोमा एन्फालाई पनि विशेष धन्यवाद दिए । साथै यस्ता कार्यक्रमहरुमा एन्फासँगको सहकार्यलाई आगामी दिनहरुमा पनि निरन्तरता दिने उनले बताए ।
त्यस्तै कोर्ष सफलताका साथ सम्पन्न गर्न एन्फाका हेड अफ कोच ऐजुकेशन सन्जित सिंहले मुख्य इन्स्ट्रक्चरको भूमिका निर्वाह गरेका थिए । साथै उनलाई प्रशिक्षक नारायण श्रेष्ठले सहायक इन्स्ट्रक्चरका रुपमा सहयोग गरेका थिए ।
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान