काठमाडौं । फिफा विश्वकप र एएफसी एसियन कप छनौटको दोस्रो चरणमा प्रवेश गर्न सफल नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्यहरुलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले नगदसहित पुरस्कृत गर्ने भएको छ ।
पहिलो चरणको छनौट प्रतियोगिताको महत्वपूर्ण खेलमा जित हात पारी स्वदेश फर्किएको राष्ट्रिय टोलीलाई एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङले जनही ५१ हजारका दरले पुरस्कृत गर्ने घोषणा गरेका हुन् ।
स्मरण रहोस, छनौट प्रतियोगिताको पहिलो चरणतर्फ लाओस विरुद्ध भएको दुई लेगको खेलमा नेपालले २–१ को अग्रता कायम गर्दै दोस्रो चरणमा प्रवेश गर्न सफल भएको थियो ।
नेपालले दशरथ रंगशालामा भएको पहिलो लेगको खेलमा १–१ को बराबरी खेलेको थियो भने लाओसमा भएको दोस्रो लेगको खेलमा १–० को जित निकालेको थियो ।
नेपालले अब दोस्रो चरणको छनौट प्रतियोगितातर्फ समूह एच मा रहेर बलियो युएई, बहराईन र यमनसँग होम एण्ड अवेका आधारमा प्रतिस्पर्धा गर्नेछ । दोस्रो चरणको छनौट खेलहरु आउँदो नोभेम्बर महिनादेखि शुरु हुने कार्यक्रम छ ।
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान