News
रेनुका फेरि केही महिना मैदान बाहिर रहने
काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीकी स्टार मिडफिल्डर रेनुका नगरकोटी फेरि केही महिना मैदान बाहिर रहने भएकी छिन् । केही महिना अघि नै राष्ट्रिय टोली कै बन्द प्रशिक्षणका क्रममा रेनुकाको क्लेभकल (हंसली) भाँचिएपछि त्यसको शल्यक्रिया गरिएको थियो ।
त्यही भाँचिएको हाडमा स्टील राखिएको र अहिले त्यही स्टिललाई बाहिर निकालेको रेनकाुले बताईन् । रेनुकाका अनुसार अब उनी ३–४ महिना मैदान बाहिर रहेर आराम गर्नुपने चिकित्सकले उनलाई सुझाएको बताईन् ।
स्मरण रहोस, रेनुकाले हालै चीनमा सम्पन्न १९औं एसियन गेम्समा पनि सहभागिता जनाएकी थिईन् । चीनबाट फर्किए लगतै उनले आफ्नो उपचारलाई पनि अघि बढाएको बताईन् । साथै उनले केही महिनाको आरामापछि फेरि सक्रिय फुटबलमा फर्किने पनि जानकारी दिईन् ।
Post Comments
Related News
- मझिया स्मृति कप महिला फुटबल : पदमा स्पोर्ट्सको ७–० को शानदार जित, सिम्रनको चार गोल
- तेह्रथुमका तीन महिला फुटबल खेलाडीलाई दक्षिण कोरियाबाट जनही ५० हजार रुपैयाँ सहयोग
- एसियन पेन्ट्स च्याम्पियनसिप २०२६ अन्तर्गत उपत्यकाव्यापी गर्ल्स फुटबल प्रतियोगिता सुरु
- होराइजन र कान्ति फाइनलमा भिड्ने
- होराइजन, सुनगाभा, ग्यालेक्सी र कान्ति सेमिफाइनलमा