News बेलटार सेमिफाइनलमा
गोलनेपाल

भलुवाचौधरी । सहज जित हात पार्दै बेलटार फुटबल क्लब यहाँ जारी प्रथम अमाह सिमसार च्यालेञ्ज कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।

मंगलबार भएको चौथो अन्तिम क्वाटरफाइनलतर्फ बेलटारले तालतलैया फुटबल क्लबलाई शून्यका विरुद्ध ३ गोलले हरायो । बेलटारको जितमा शरद राई, बिशाल राई र रितेश तामाङले गोल गरे ।

प्रतियोगिता अन्तरगत असोज १० गते बुधबारको पहिलो सेमिफाइनल खेल पञ्चायन फुटबल कलब र आयोजक इन्द्रेणी क्लबबीच हुनेछ ।

इन्द्रेणी क्लब, बराहक्षेत्र–५, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल यही असोज १३ गतेका दिन हुनेछ ।

Post Comments