News बिशाल बने चितवनका 'मार्की प्लेयर'
गोलनेपाल

काठमाडौं । बहुप्रतिक्षित फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणका लागि बिशाल श्रेष्ठ एफसी चितवनका मार्की खेलाडी बनेका छन् । क्लबले मंगलबार बिशाललाई मार्की खेलाडीका रुपमा सार्वजनिक गरेको हो ।

स्मरण रहोस, लिगको पहिलो सिजनमा एफसी चितवनका मार्की खेलाडीमा भरत खवास थिए । त्यतिबेला बिशालले बुटवल लुम्बिनी एफसीका लागि खेलेका थिए ।

सुपर लिगको पहिलो संस्करणको उपविजेता टोली धनगढी एफसीले केही दिन अघि मात्रै आशिष चौधरीलाई आफ्नो मार्की खेलाडीका रुपमा सार्वजनिक गरेको थियो ।

सुपर लिगको अक्सन मिति यही असोज १९ गतेका दिन हुँदैछ । लिग भने मंसिर महिनाको पहिलो सातादेखि शुरु हुँदैछ । लिग शुरु हुने मिति नजिकिंदै गर्दा लिगमा सहभागि हुने क्लबहरुले धमाधम आफ्नो तयारीलाई तिव्रता दिईरहेका छन् ।

Post Comments
Advertisement Yamaha Nepal