
काठमाडौं । चन्द्रागिरी स्पोर्टस एकेडेमी, चन्द्रागिरी–१४, नयाँ नैकाप, काठमाडौंको आयोजनामा असोज २७ देखि कार्तिक २५ गतेसम्म छैठौं नैकाप गोल्डकप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
आयोजक कै खेलमैदानमा हुने प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक क्लबहरुका लागि असोज २४ गतेसम्म टिमदर्ता खुला गरिएको छ । साथै टिमदर्ता शुल्क २० हजार तोकिएको छ । खेलतालिका भने असोज २५ गते सार्वजनिक गरिने पनि आयोजकले जानकारी दियो ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछ । त्यस्तै सेमिफाइनलमा पराजित हुने दुई टोलीहरुलाई नगद ५०–५० हजार प्रदान गरिने पनि आयोजकले जानकारी दियो ।
प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी र अन्य व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि जनही १५–१५ हजार नगद र ट्रफी प्रदान गरिनेछ । त्यसैगरी समापन कै अवसर पारी आयोजकले ५० हजार पुरस्कार राशी रहेको चन्द्रागिरी स्पोर्टस अवार्ड प्रदान गरिने पनि जनाएको छ ।
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै