
काठमाडौं । बहुप्रतिक्षित फ्रेन्चाईज नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणको खेलतालिका सार्वजनिक गरिएको छ । आगामी मंसिर ८ गतेदेखि शुरु हुन गईरहेको प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता काठमाडौं रेजर्स र स्र्पोटिङ इलाम भिड्ने छन् ।
लिगको समापन भने १४ पुषका दिन हुने खेलतालिकामा उल्लेख छन् । त्यस्तै यस संस्करणमा थपिएका दुई टोलीसँगै कुल १० टोलीहरुले सहभागिता जनाउने भनिए तापनि यसपटक बिराटनगर सिटीले सहभागिता नजनाउने भएको छ ।
आयोजकले सार्वजनिक गरेको खेलतालिकामा बिराटनगर सिटी भने छैन । साथै बिराटनगरले सहभागिता नजनजाउनुको कारण भने खुलाइएको छैन । योसँगै एनएसएलको दोस्रो संस्करणमा कुल ९ टोलीहरुले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
त्यस्तै लिगको खेलस्थलबारे भने उल्लेख गरिएको छैन । सम्भवत यसपटक दशरथ रंगशाला बाहेक उपत्यका बाहिर पनि लिगका खेलहरु सञ्चालन हुन सक्ने बताइएको छ । दोस्रो संस्करणका लागि खेलाडीहरुको लिलामी हुन पनि बाँकी छ ।
खेलतालिका हेर्नुहोसः
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै