
काठमाडौं । बायोकोष नेपाल, वाइल्ड एण्ड फ्रि फाउण्डेशन तथा एन्ट फाउण्डेशनको संयुक्त आयोजनामा यही भदौ २५ देखि २७ गतेसम्म मनाङमा नेपालका पूर्व अन्तर्राष्ट्रिय खेलाडीहरु र सेलिब्रिटीहरुबीच मैत्रीपूर्ण फुटबल म्याच हुने भएको छ ।
हिमाली भेगमा पाइने याक र हिउँ चितुवाको संरक्षण गर्ने अभियान र योजनासहित जलवायु परिवर्तनले हिमाली भेग र त्यहाँका वन्यजन्तुसँगै मानव जीवनमा पारेको असरबारे युवाहरुबीच सचेतना जगाउन र पर्यापर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यका साथ मैत्रीपूर्ण फुटबल म्याच आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा कुल चार टोलीहरुले सहभागिता जनाउने छन् । जसमा सेलिब्रिटी टिम हिमालयन स्नो लेपार्ड सहित मनाङको स्थानीय टोलीहरु मनाङ याक, कान्जिसरा याक र पिसाङ याक रहेका छन् । स्थानीय टोलीहरुमा नेपालका पूर्व अन्तर्राष्ट्रिय खेलाडीहरुले खेल्ने बताइएको छ ।
मनाङको स्थानीय टोलीमा अनिल गुरुङ, हरि खड्का, उपेन्द्रमान सिंह जस्ता नेपालका पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा कप्तानहरुको पनि सहभागिता रहने बताइएको छ ।
- सातौं लो–छोग्याल जिग्मे मोमोरियल कपको नयाँ मिति तय
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- नेपाली राष्ट्रिय यु–२३ फुटबल टोलीको मुख्य प्रशिक्षकमा न्यौपाने
- एन्फाको सहायक महासचिव पदबाट अलग भए जोशी (पत्रसहित)
- महिला लिग छ्नौट खेल्ने क्लबहरुका लागि सामाजिक सञ्जाल र फिफा कनेक्ट कार्यशाला सम्पन्न