News
फिफाद्वारा श्रीलंकामाथि लगाइएको प्रतिवन्ध फुकुवा

काठमाडौं (एजेन्सी) । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले श्रीलंकामाथि लगाएको प्रतिवन्ध सोमबार फुकुवा गरेको छ । फिफाले फुटबल श्रीलंकालाई पठाएको पत्रमा तत्काल प्रभावका बीच श्रीलंकन फुटबलमाथि लगाइएको प्रतिवन्ध फुकुवा गरिएको जनाएको छ ।
प्रतिवन्ध फुकुवा भए पनि श्रीलंकन फुटबलमाथि फिफा र एएफसीको निरन्तर निगरानी रहने पनि स्पष्ट पारेको छ । स्मरण रहोस, आन्तरिवक विवाद र तेस्रो पक्षको हस्तक्षेपका कारण फिफाले वर्षको शुरुवाततिरै २१ जनवरीका दिन श्रीलंकालाई कुनै पनि फुटबल गतिविधीमा गर्न नपाउने र सहभागि हुन नपाउने गरी प्रतिवन्ध लगाएको थियो ।
त्यस्तै लामो समयदेखि हुन नसकेको फुटबल श्रीलंकाको चुनाव आउँदो सेप्टेम्बरमा हुने तय भईसकेको छ । पछिल्लो केही वर्ष यता कमजोर बनेको श्रीलंकन फुटबललाई यही चुनावले संकटमुक्त बनाउने अनुमान पनि गरिएको छ ।
Post Comments
Related News
- जोर्डन पहिलोपटक फिफा विश्वकपका लागि छनौट, दक्षिण कोरिया पनि छनौट
- उज्वेकिस्तान पहिलोपटक फिफा विश्वकपका लागि छ्नौट
- एएफसी यु-२३ एसियन कप छनौटको समूह के मा नेपाल
- अल अहली पहिलोपटक एसियाली क्लब फुटबलको च्याम्पियन
- एएफसी च्याम्पियन्स लिग इलिटमा अल नासरको चुनौति पनि समाप्त, उपाधिका लागि अल अहली र कावासाकी भिड्ने