
काठमाडौं । बहुप्रतिक्षित फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणका लागि खेलाडीहरुको फेरि लिलामी हुने भएको छ । विवादका कारण पटक–पटक लिगको मिति सर्दा दोस्रो संस्करणका लागि लिलाममार्फत क्लबमा बिक्री भएका अधिकांश मुख्य खेलाडीहरु विदेश पलायन भएपछि फेरि लिलामी गर्न लागिएको हो ।
खेलाडीहरुको फेरि लिलामी हुने मिति भने आउँदो असोजमा हुने बताइएको छ । त्यस्तै विदेशमा रहेका खेलाडीहरुले लिग खेल्न इच्छुक देखिए फेरि लिलामीमा आफ्नो नाम समावेश गर्न सकिने पनि बताइएको छ । त्यसैगरी एउटा क्लबले ६ बिदेशी खेलाडीहरुलाई अनुवन्ध गर्न पाउने र क्लबको मार्की खेलाडीमा पनि विदेशी खेलाडी राख्न पाउने बताइएको छ ।
यसपटक लिगका खेलहरु दशरथ रंगशाला बाहेक बिराटनगर स्थित शहिद रंगशालामा पनि हुने बताइएको छ । साथै लिग अवधिभर फ्यान अफ द म्याच र फ्यान अफ द टुर्नामेन्ट पुरस्कार पनि राखिने आयोजकले जनाएको छ ।
नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा हुने लिगको दोस्रो संस्करण आउँदो मंसिर ९ गतेदेखि शुरु हुने घोषणा गरिएको छ । लिगको उद्घाटन कार्यक्रममा पोर्चुगलका लिजेण्डरी फुटबलर लुइस फिगो आउने चर्चा पनि छ ।
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै