काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को यही साउन १९ गते बस्ने कार्यसमितिको बैठकमा राष्ट्रिय पुरुष तथा महिला फुटबल टोलीका सदस्यहरुलाई समान पुरस्कार पाउनेबारे छलफल हुने भएको छ । एन्फाले बैठकमा थप गर्ने विषयसूचीमा खेलाडहिरुको पुरस्कार रकमबारे एजेन्डा पनि समेटिएको हो ।
स्मरण रहोस, एन्फाले आफ्नो विधान अनुसार कार्यसमिति सदस्यहरुलाई बैठकमा विषयसूची थप्नेबारे जानकारी गराएको थियो । सोही अनुसार पदाधिकारीहरुबाट प्राप्त विषयसूची मध्ये एन्फाले बैठकमा सदस्यहरुबाट प्राप्त थप ९ विषय सूचीहरुलाई थप्ने निर्णय गरेको हो ।
त्यस्तै संघको विधान संसोधन, महिला एकेडेमी सञ्चालन, महिला राष्ट्रिय टिमको नकआउट प्रतियोगिता, महिला तथा पुरुष फुटबल खेलाडीहरुको पुरानो बाँकी पुरस्कार बारे र नयाँ जिल्ला फुटबल संघ गठनबारे लगायतका विषयसूचीहरु थपिएको एन्फाले जनाएको छ ।
थपिएका विषयसूचीहरुबारे विस्तृत पढ्नुहोस्ः

- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)