News
मच्छिन्द्रसँग रामेछाप निरीह
काठमाडौं । प्रतिष्ठित एएफसी कपको पहिलो चरणको छनौट खेल खेल्ने तयारीमा रहेको मच्छिन्द्र फुटबल क्लबले आइतबार रामेछाप जिल्ला फुटबल संघको टोली विरुद्ध मैत्रीपूर्ण फुटबल म्याच खेलेको छ ।
एन्फा कम्प्लेक्समा भएको खेलमा मच्छिन्द्रले रामेछाप विरुद्ध ७–० को प्रभावशाली र एकतर्फी जित निकाल्यो । मच्छिन्द्रले रामेछाप विरुद्ध बिमल घर्ती मगर, आयुष घलान, आफिज ओलावाले जस्ता अनुभवी र चर्चित खेलाडीहरुलाई पनि मैदानमा उतारेको थियो ।
स्मरण रहोस, मच्छिन्द्रले यही साउन २३ गते (अगस्त ८) का दिन भुटानी लिग च्याम्पियन पारो फुटबल क्लबसँग एएफसी कपको पहिलो चरणको खेल खेल्दैछ । जुन खेल दशरथ रंगशालामा हुने पनि तय भईसकेको छ ।
ुसो खेलमा जित हात पार्न सके मच्छिन्द्रले साउन ३१ गते (अगस्त १६ तारीख) का दिन दोस्रो चरणको खेलमा चर्चित भारतीय क्लब मोहन बगान विरुद्ध खेल्नेछ ।
Post Comments
Related News
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान