काठमाडौं । सन् २०२६ मा हुने फिफा विश्वकपको एसियाली छनौटतर्फ पहिलो चरण र दोस्रो चरणको ड्र आज निकालिंदैछ । मलेसियास्थित एएफसीको मुख्यालयमा हुने ड्र कार्यक्रम अन्तरगत पहिलो चरणको ड्र नेपाली समय अनुसार ११ः४५ बजेदेखि शुरु हुँदैछ । त्यस्तै दोस्रो चरणको ड्र भने नेपाली समयअनुसार १ः४५ बजेदेखि शुरु हुनेछ ।
पहिलो चरणतर्फ फिफा वरियताको १७५औं स्थानमा रहेको नेपाल पोट एकमा परेको छ । र, नेपालले पोट दुईमा रहेका दश टोलीहरु बंगलादेश, भुटान, ब्रुनेई, गुआम, लाओस, मकाउ, मंगोलिया, पाकिस्तान, श्रीलंका र टिमोर लिस्टे मध्ये एक टोलीसँग खेल्ने निश्चित छ ।
पहिलो चरणको छनौट खेल अन्तरगत आगामी अक्टुबरमा दुई खेलहरु हुनेछन् । पहिलो चरणमा जित हात पार्ने टोलीहरुले दोस्रो चरणमा थप बलिया टोलीहरुसँग होम एण्ड अवेका आधारमा प्रतिस्पर्धा गर्नेछन् । दोस्रो चरणबाट विश्वकपसँगै एसियन कप छनौटको ढोको पनि खुल्नेछ ।
- अनन्त र एरिकको टोली फोर्टिस एएफसी च्यालेञ्ज लिगको समूह चरणका लागि छनौट
- फिफाद्वारा एन्फा अनिश्चितकालका लागि निलम्बित
- जापान तेस्रोपटक एएफसी महिला एसियन कपको च्याम्पियन
- महिला एसियन कपः चीन र दक्षिण कोरिया पनि सेमिफाइनलमा
- एएफसी महिला एसियन कपः आयोजक अष्ट्रेलिया सेमिफाइनल पुग्ने पहिलो टोली, विश्वकपका लागि पनि छनौट