काठमाडौं । एसियाली क्लब फुटबको प्रतिष्ठित एएफसी कपको छनौट प्रतियोगिता खेल्ने तयारीमा रहेको मच्छिन्द्र फुटबल क्लबले त्यसका लागि अर्को सातादेखि आवश्यक तयारी शुरु गर्ने भएको छ ।
यो कुराको पुष्टी क्लबका व्यवस्थापक अनिल श्रेष्ठले गरेका छन । श्रेष्ठका अनुसार एएफसी कप तयारीका लागि क्लबका खेलाडी, अफिसियलहरुलाई जानकारी गराईसकिएको र तयारी अर्को सातादेखि गर्ने पनि उनले गोलनेपाललाई बताए ।
स्मरण रहोृस, मच्छिन्द्रले एएफसी कपको पहिलो चरणको छनौट खेलतर्फ भुटानको पारो फुटबल क्लबसँग खेल्ने तय भईसकेको छ । जुन खेल आउँदो अगस्त ८ तारीखका दिन काठमाडौंमा हुने बताइएको छ । यद्यपि खेलस्थलबारे भने टुंगो लागेको छैन । तर, सम्भवत खेल दशरथ रंगशाला मै हुने अनुमान गरिएको छ ।
पहिलो चरणको खेलमा जित हात पार्ने टोलीले दोस्रो चरणमा इण्डियन सुपर लिग जायण्ट मोहन बगानसँग प्रतिस्पर्धा गर्नेछ । जुन खेल अगस्त १६ तारीखका दिन हुनेछ ।
- अनन्त र एरिकको टोली फोर्टिस एएफसी च्यालेञ्ज लिगको समूह चरणका लागि छनौट
- फिफाद्वारा एन्फा अनिश्चितकालका लागि निलम्बित
- जापान तेस्रोपटक एएफसी महिला एसियन कपको च्याम्पियन
- महिला एसियन कपः चीन र दक्षिण कोरिया पनि सेमिफाइनलमा
- एएफसी महिला एसियन कपः आयोजक अष्ट्रेलिया सेमिफाइनल पुग्ने पहिलो टोली, विश्वकपका लागि पनि छनौट