News
हिमालयनलाई गुर्खा कपको उपाधि
काठमाडौं । गुर्खा एफसी, टुर्कु, फिनल्याण्डको आयोजनामा सम्पन्न गुर्खा कप सेभेन ए साईड फुटबल प्रतियोगिताको उपाधि लगातार दोस्रोपटक हिमालयन स्पोर्टस क्लबले जितेको छ ।
फाइनलमा आयोजक गुर्खा फुटबल क्लबलाई २–१ ले हराउँदै हिमालयन च्याम्पियन बनेको हो । विजेता र उपविजेता बनेका दुवै टोलीहरुले नगद र ट्रफीसहितको पुरस्कार हात पारे ।
प्रतियोगितामा व्यक्तिगत विधातर्फ हिमालयनका सन्दिप अधिकारी उत्कृष्ट डिफेन्डर, सागर न्यौपाने उत्कृष्ट फरवार्ड तथा ऋतिक खड्का इमर्जिङ प्लेयर चुनिए ।
प्रतियोगितामा फिनल्याण्डमा रहेका कुल ११ नेपाली समुदायका टोलीहरुले सहभागिता जनाएका थिए ।
Post Comments
Related News
- अञ्जिलालाई हङकङमा सम्मानसहित रकम हस्तान्तरण
- खेलाडी आशिष राईको सहयोगार्थ अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल आज
- चोटिल खेलाडी आशिष राईको उपचारार्थ मलेसियामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच हुने
- फिफा विश्वकप हेर्न क्यानडा पुगेका ५ नेपालीले मागे शरणार्थी दर्जा
- हिमालयनलाई हराउँदै एन पेनाङ विजयी, आशिष राईको उपचारका लागि आर्थिक सहयोग